Drive logo

ड्राइभको भण्डारण सम्बन्धी विशेषताहरूको अन्वेषण गर्नुहोस्

तपाईंको वस्तु, तपाईंकै तरिका - ड्राइभका विशेषताहरू

 

तपाईंको भण्डारणले ड्राइभ, Gmail र Google तस्बिरहरूमा कार्य गर्ने भएकाले तपाईंले फाइलहरू भण्डारण गर्न, इमेलमा समावेश गरिएका कागजात सुरक्षित गर्न र तस्बिरहरूलाई सोझै ड्राइभमा भण्डारण गर्न सक्नुहुन्छ। तपाईंले आफूलाई आवश्यक परेका बेला अझ ठूलो क्लाउड भण्डारण योजना खरिद गर्न पनि सक्नुहुन्छ।

निशुल्क १५ जि.बि. Google ड्राइभ भण्डारणको लोगो

Microsoft Office का फाइलहरू लगायत तस्बिर, भिडियो, प्रस्तुति, PDFहरू जस्ता जुनसुकै प्रकारको फाइल भए पनि ड्राइभमा सबै थोक सुरक्षित रूपमा भण्डारण गर्न सकिन्छ।

छवि, कागजात र सङ्गीत सहित Google ड्राइभका फाइलहरूको प्रकार सम्बन्धी सूची

तपाईंले ड्राइभका फाइलहरूलाई आदान-प्रदान गर्नेे निर्णय नगरेसम्म तिनीहरू निजी हुन्छन् । तपाईं आफूले छनौट गर्नुभएका कुनै पनि फाइल वा फोल्डर हेर्न, टिप्पणी गर्न र, सम्पादन गर्न द्रुत रूपमा अन्य व्यक्तिहरूलाई निमन्त्रण गर्न सक्नुहुन्छ। यसले अनलाइन सहकार्यलाई सजिलो पारेको छ।

Google ड्राइभको गोपनीयता र आदान-प्रदान सम्बन्धी विकल्पहरू

तपाईंको फाइलको सुरक्षा महत्त्वपूर्ण कुरा हो। त्यसै कारणले तपाईंको स्मार्टफोन, ट्याब्लेट वा कम्प्युटरमा जस्तोसुकै समस्या आए पनि ड्राइभका प्रत्येक फाइलहरू सुरक्षित रहन्छन्। ड्राइभलाई Google का अन्य सेवाहरूमा प्रयोग गरिने सुरक्षा प्रोटोकोल जस्तै SSL को प्रयोग गरेर इन्क्रिप्ट गरिन्छ।

Google ड्राइभको सुरक्षा सम्बन्धी लक

Google सँग काम गर्न बनाइएको

 
Gmail मा समावेश गरिएको तस्बिर एकै क्लिकमा ड्राइभमा सुरक्षित हुँदै

Gmail मा समावेश गरिएको कागजातमाथि होभर गर्नुहोस् र ड्राइभको लोगो खोज्नुहोस्। यहाँ, तपाईंले समावेश गरिएका आफ्ना कागजातहरूलाई एउटै सुरक्षित स्थानमा व्यवस्थापन गरी आदान-प्रदान गर्नका लागि आफ्नो ड्राइभमा सुरक्षित गर्न सक्नुहुन्छ।

Gmail मा समावेश गरिएको तस्बिर एकै क्लिकमा ड्राइभमा सुरक्षित हुँदै

ड्राइभले स्क्यान गरिएका कागजातहरूमा तपाईंका छवि र पाठमा रहेका वस्तुहरू चिन्न सक्छ। त्यसैले तपाईं "आइफेल टावर" जस्तै कुनै शब्द खोज गर्न र उक्त शब्द पाठभित्र समावेश भएका कागजातहरू र वास्तविक आइफल टावरका छविहरू भेट्न सक्नुहुन्छ।

ओरेगन कोस्टको तस्बिरलाई Google ड्राइभमा भण्डारण गरियो र Google+ मा आदान-प्रदान गरियो

आफ्ना तस्बिरहरूलाई ड्राइभमा भण्डारण गर्नुहोस् र Google तस्बिर मार्फत तिनीहरू जीवन्त भएको हेर्नुहोस्। कुनै प्रयास बिनै विशेषज्ञद्वारा सम्पादन गरिए जस्तो स्वरूपका साथै एनिमेसन, चलचित्रहरू र थप कुराहरू हेर्नुहोस्..

Google ड्राइभको डेटा Chromebooks मा

Google ड्राइभ Chromebooks मा अन्तर्निर्मित भएकाले तपाईंका फाइल र तस्बिरहरू स्वतः ब्याकअप हुन्छन्। तपाईंले सबैभन्दा नयाँ Chromebooks का साथमा दुई वर्षका लागि १०० जि.बि. नि:शुल्क भण्डारण पाउनुहुनेछ ।

 

अनुप्रयोगहरू मार्फत अझ छरितो काम गर्नुहोस्

 

अन्य व्यक्तिहरूसँग सिर्जना र सहकार्य गर्नुहोस्। कागजात र फाइलहरू आदान-प्रदान गर्नुहोस्, स्प्रेडसिटहरू निर्माण गर्नुहोस् र हाम्रा कागजात, पाना and स्लाइड अनुप्रयोगहरूको सहयोग लिएर तत्कालै प्रस्तुतिहरू बनाउनुहोस्।

Google ड्राइभका कागजात, पाना र स्लाइडहरू आदान-प्रदानका लागि उपलब्ध छन्

Google फारमले तपाईंलाई एउटा सर्वेक्षण सञ्चालन गर्न वा एउटा सामान्य अनलाइन फारमका आधारमा एउटा टोलीको नामावली सिर्जना गर्न दिन्छ। त्यसपछि स्प्रेडसिटमा राम्ररी संगठित गरिएका परिणामहरूको जाँच गर्नुहोस्।

Google ड्राइभको उदाहरणमा Google फारम

रेखाचित्रहरू व्यवस्थित गर्नुहोस्, फ्लो चार्टहरू सिर्जना गर्नुहोस्, र त्यसपछि तिनीहरूलाई सजिलोसँग अन्य कागजातमा थप्नुहोस् वा तिनीहरूलाई Google रेखाचित्रमार्फत कुनै वेबसाइटमा इम्बेड गर्नुहोस्।

Google रेखाचित्रको आइकन

आफ्नो प्रोफाइल तस्बिर सम्पादन गर्नुहोस्, केही ल्यान्डस्केपिङ गर्नुहोस्, मानसिक नक्सा र अन्य धेरै कुरा सिर्जना गर्नुहोस्। ड्राइभका १०० भन्दा बढी अनुप्रयोगहरूले तपाईंलाई आफ्ना वस्तुहरू सम्बन्धी धेरै काम गर्न मद्दत गर्न सक्छन्। तिनीहरूलाई ड्राइभको सङ्कलन बाट कुनै एउटा स्थापना गरी हेर्नुहोस्।

Google ड्राइभ सम्बन्धी १०० भन्दा बढी अनुप्रयोगहरू उपलब्ध छन्

ड्राइभलाई अझै अगाडि लैजानुहोस्

 
Android फोनबाट तस्बिर खिचेर कागजातलाई Google ड्राइभमा सुरक्षित गर्ने तरिकाको उदाहरण

आफ्ना सबै काजगी कागजातहरू Android को ड्राइभ मार्फत स्क्यान गर्नुहोस्। रसिद, चिठी र विवरण जस्ता कागजातहरूको तस्बिर मात्र खिच्नुहोस् – र ड्राइभले तुरुन्तै तिनीहरूलाई PDFका रूपमा भण्डारण गर्ने छ।

Google ड्राइभको अफलाइन वा अनलाइन स्विच

हवाइजहाजमा यात्रा गर्दा वा राम्रो जडान नभएका ठूला भवनमा हुँदा तपाईंको फोन वा ट्याब्लेटमा इन्टरनेट सेवा उपलब्ध नहुँदा समेत तपाईं फाइलहरूलाई हेर्न सक्नुहो्स् भन्नका खातिर तिनीहरूलाई अफलाइनमा उपलब्ध बनाउनुहोस्।

Google ड्राइभको फाइल पुनरावृत्तिको इतिहास सम्बन्धी उदाहरण

परिवर्तन गर्ने व्यक्तिलाई हेर्न र अघिल्ला संस्करणहरूमा फर्कन सजिलो पार्ने प्रावधान अन्तर्गत बहुसंख्यक फाइलका प्रकारहरूलाई तपाईंले बढीमा ३० दिनसम्म हेर्न सक्नुहुन्छ। यसरी फाइल संस्क्रणको व्यवस्थापन कार्यलाई सजिलो बनाइएको छ ।